SHARE
पर्दाफास · सोमबार ८ भौ २०८३ ०१:४७ AM · 1 मिनेट पढाइ

२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍याे ७६९ जनालाई कारबाही

ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७६९ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । सोमबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ७६, सिसिटिभिमार्फत ७५, रातोबत्तीमा ५९ जना चालकलाई कारबाही गरिएको छ ।