SHARE
पर्दाफास · आइबार​ ७ भौ २०८३ ०१:४४ PM · 1 मिनेट पढाइ

निजी क्षेत्रप्रति अविश्वास र शंकाको दृष्टिकोणले देशमा आर्थिक विकास हुँदैन : अध्यक्ष श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले निजी क्षेत्रप्रति सरकारको विश्वास बढाउन र व्यवसायीहरूको आत्मविश्वास निर्माण गर्नुपर्ने बताएका छन् । आइतबार इक्यानले आयोजना गरेको ‘नीतिगत संवाद’ कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले अहिले निजी क्षेत्रको आत्मविश्वास इतिहासकै न्यून अवस्थामा पुगेको दाबी गरे ।