SHARE
पर्दाफास · आइबार​ ७ भौ २०८३ १२:४४ PM · 1 मिनेट पढाइ

फास्ट ट्र्याक निर्माणस्थलमा लोडरको ठक्करबाट चिनियाँ नागरिकको मृत्यु

मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित तराई–मधेश द्रुतमार्ग निर्माणस्थलमा लोडरको ठक्करबाट एक चिनियाँ नागरिकको मृत्यु भएको छ। मृत्यु हुनेमा चीनको सिचुआन प्रान्तका ५१ वर्षीय गुओ फाङसुन रहेका छन्। उनी चाइना रेल्वे नम्बर २ इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेडको तर्फबाट २०८२ फागुन ३ गतेदेखि द्रुतमार्ग निर्माणस्थलमा निरीक्षकका रूपमा कार्यरत थिए।