SHARE
पर्दाफास · आइबार​ ७ भौ २०८३ ०९:३९ AM · 1 मिनेट पढाइ

देउवालाई भेटेर नैनसिंह महरले भने– ‘एकताबद्ध कांग्रेस निर्माणमा तपाईंको भूमिका महत्त्वपूर्ण’

नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य नैनसिंह महरले पूर्वप्रधानमन्त्री एवं कांग्रेसका नेता शेरबहादुर देउवासँग भेट गरेका छन् । लामो समयको उपचारपछि फर्किएका देउवासँग भेटेर महरले उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । देउवाको स्वास्थ्य राम्रो रहेको थाहा पाएपछि आफू खुसी भएको महरले बताएका छन् ।