SHARE
पर्दाफास · आइबार​ ७ भौ २०८३ ०८:४८ AM · 1 मिनेट पढाइ

मार्जिन कारोबार विस्तार गर्न दुई ब्रोकरले ३ अर्ब ऋण लिँदै, आम्दानी विविधीकरणमा केन्द्रित

नेपालका दुई ठूला धितोपत्र ब्रोकर कम्पनीले मार्जिन कारोबार सेवा विस्तार गर्ने उद्देश्यले बैंकबाट ३ अर्ब रुपैयाँ बराबरको ऋण लिने प्रक्रिया अघि बढाएका छन् । दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज प्रालि र कलश स्टक मार्केट प्रालिले अल्पकालीन बैंक कर्जाका लागि क्रेडिट रेटिङ गराएसँगै ऋण लिने बाटो खुलेको हो ।