SHARE
पर्दाफास · शनिबार ६ भौ २०८३ ११:३४ AM · 1 मिनेट पढाइ

पुल्चोकबाट लघुवित्त पीडित भन्छन्- ‘हामी प्रधानमन्त्रीलाई नै भेट्न चाहन्छौं’

ललितपुरको पुल्चोकस्थित मानव अधिकार आयोग कार्यालय क्षेत्रको सडकखण्ड सधैंजसो व्यस्त हुन्छ । सवारीसाधनको चापसँगै पैदलयात्रुको आवत—जावतले यहाँको सडक दिनभर व्यस्त देखिन्छ । तर, यही व्यस्त सडकको किनार अहिले मिटरब्याज, लघुवित्त, बैंक र भूमिहीन पीडित बनेका नागरिकहरूको धर्ना स्थल बनेको छ ।