SHARE
पर्दाफास · शनिबार ६ भौ २०८३ ०३:१६ AM · 1 मिनेट पढाइ

गरिमा चौधरीको हत्यामा संलग्न दोषीलाई कडा कानुनी कारबाही गर्न सरकारसँग प्रचण्डको माग

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का पार्टीको संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाराको सिमरामा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । शनिबार सञ्जालमार्फत उनले घटनाको निष्पक्ष, शीघ्र र प्रभावकारी अनुसन्धान गरी अपराधमा संलग्न दोषीलाई कुनै पनि दबाब, प्रभाव वा पहुँचका आधारमा उन्मुक्ति नदिन सरकारसँग माग गरे ।