लुभुमा ‘अन टेस्ट’ ईभी हाइस दुर्घटना हुँदा चार जना घाइते, दुई जनाको अवस्था गम्भीर
ललितपुरको महालक्ष्मी नगरपालिका—८ लुभुस्थित नरकट्टेमा नम्बर प्लेट नलिएको ‘अन टेस्ट’ ईभी हाइस अनियन्त्रित भई दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । ईभी हाइस अनियन्त्रित भई घरको गेटमा ठोक्किएपछि गेटछेउमा पार्किङ गरी राखिएको बा १८ च ९२८८ नम्बरको कारमा समेत ठोक्किँदा दुर्घटना भएको हो ।
