SHARE
पर्दाफास · शनिबार ६ भौ २०८३ ०३:०८ AM · 1 मिनेट पढाइ

एक्लै र निहुरिएर काम गर्ने बढी बाघको निशानामा

एक्लै तथा निहुरिएर काम गर्ने मानिस बाघको आक्रमणको बढी जोखिममा पर्ने गरेको एक अध्ययनले देखाएको छ। नेपालको तराई भू–परिधि क्षेत्र (बाघ पाइने क्षेत्र) मा सन् २०१० देखि २०२४ सम्म भएका बाघ आक्रमणका घटनाको अध्ययनबाट यो तथ्य सार्वजनिक भएको हो।