SHARE
कालिका खबर · मङगलबार ३१ भौ २०८२ ११:३७ AM · 1 मिनेट पढाइ

मन्त्री घिसिङले गरे क्षतिग्रस्त संरचनाहरूकाे निरीक्षण

काठमाडौँ । नव नियुक्त ऊर्जा, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री कुलमान घिसिङले सिंहदरबारभित्रको क्षतिग्रस्त संरचनाको निरीक्षण गरेका छन् । यही भदौ २३ र २४ गते काठमाडौँ लगायत देशभर जेनजी पुस्ताका युवाहरूले प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनका क्रममा सिंहदरबार लगायत सार्वजनिक संरचनाहरूमा आगजनी र तोडफोड गरिएको थियो । सोको मंगलबार मन्त्री घिसिङले निरीक्षण गरेका हुन् । मन्त्री घिसिङले सिंहदरबारभित्रकाे प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालय लगायतको निरीक्षण गरेका हुन् ।