SHARE
पर्दाफास · शुक्रबार​ ५ भौ २०८३ ११:१५ AM · 1 मिनेट पढाइ

एक्सरेमा जब पेटमा पहेंलाे धातुका क्याप्सुल देखियाे…

फ्लाई दुबईको उडानमार्फत दुबईबाट काठमाडौं आएका एक बंगलादेशी नागरिकलाई पेटभित्र सुनजस्तो देखिने धातु लुकाएर ल्याएको आरोपमा पक्राउ गरिएको छ। बंगलादेशी नागरिक ३५ वर्षीय मोहम्मद रसेल हलदारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फ भन्सार क्षेत्र पार गरी पार्किङतर्फ जाँदै गर्दा प्रहरीले शंकास्पद अवस्थामा नियन्त्रणमा लिएको थियो।