SHARE
पर्दाफास · शुक्रबार​ ५ भौ २०८३ ११:३७ AM · 1 मिनेट पढाइ

घुस रकमसहित वन अधिकृत पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुर डिभिजन वन कार्यालयको योजना शाखाका शाखा प्रमुख वन अधिकृत (सातौँ) भुवन पौडेललाई नियन्त्रणमा लिएको छ। सामुदायिक वन उपभोक्ता समितिको काठ लागत समर्थन तथा लिलाम सहमति सिफारिस पत्र दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरी १५ हजार रुपैयाँ लिइसकेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।