SHARE
पर्दाफास · शुक्रबार​ ५ भौ २०८३ ०९:५५ AM · 1 मिनेट पढाइ

रास्वपाको संगठन विभाग प्रमुखमा न्यौपाने, प्रवक्ताको जिम्मेवारी खरेललाई

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संगठन विभाग प्रमुखमा प्रमोद न्यौपाने र पार्टी प्रवक्तामा पूर्वमन्त्री जगदीश खरेललाई मनोनयन गरेको छ। पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जारी केन्द्रीय समिति बैठकले विभिन्न विभागका प्रमुखसमेत टुंगो लगाएको हो। बैठकले सार्वजनिक सेवा तथा जनगुनासो विभागको प्रमुखमा विजय जैरु, जनस्वास्थ्य विभागमा डा। तोसिमा कार्की र पूर्वाधार विभागमा निशा डाँगीलाई जिम्मेवारी दिएको छ।