SHARE
पर्दाफास · शुक्रबार​ ५ भौ २०८३ ०९:०७ AM · 1 मिनेट पढाइ

सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्न सरकारले गठन गर्‍यो समिति

सरकारले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्न ६ सदस्यीय समिति गठन गरेको छ । शुक्रवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालले समितिको गठनबारे जानकारी दिएका हुन् । उनका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शासकीय मामिला हेर्ने सहसचिवको संयोजकत्वमा समिति गठन गरिएको हो ।