SHARE
मकालु खबर · शुक्रबार​ ५ भौ २०८३ ०१:४८ AM · 1 मिनेट पढाइ

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन् । यस अवधिमा ६५९ सवारीसाधानलाई कारबाही गरिएको छ भने विभिन्न घटनामा संलग्न ७६ प्रतिवादी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।