बकुलहर रत्ननगर अस्पतालमा बिरामीको चाप बढ्दो
चितवन । पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दो रहेको छ । गएको तीन आर्थिक वर्षमा बिरामीको सङ्ख्या निरन्तर बढ्दै आएको हो । गत आवमा यस अस्पतालको बहिरङ सेवामा मात्र तीन लाख १७ हजार २६६ जना बिरामीले सेवा लिएका छन् ।
