SHARE
मकालु खबर · बिहीबार ४ भौ २०८३ ०३:१६ PM · 1 मिनेट पढाइ

पीपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया, पाँच सदस्यीय उपसमिति गठन

काठमाडौं । सरकारले विद्युत् खरिद सम्झौता (पीपीए) खोल्न प्रक्रिया अगाडि बढाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बिहीबार बेलुका बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले पीपीए खोल्नका लागि आवश्यक मापदण्ड तयार गर्न उपसमिति गठन गरेको हो ।