SHARE
मकालु खबर · बिहीबार ४ भौ २०८३ ०४:१२ PM · 1 मिनेट पढाइ

धनुषाका ३१० परिवारले एक दशकपछि पाए जग्गाधनी पुर्जा

काठमाडौं । नापनक्सा सम्पन्न भएको करिब एक दशकपछि धनुषाको मिथिला बिहारी नगरपालिका(३ का ३१० परिवारले जग्गाधनी पुर्जा प्राप्त गरेका छन् । गाउँ ब्लक (स्ववासी) जग्गाको आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा भएपछि नापी कार्यालयले आज उनीहरूलाई जग्गाधनी पुर्जा वितरण गरेको हो ।