सङ्खुवासभाको घोर्ले झरना पर्यटकीय गन्तव्य बन्दै
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिका-१ स्थित घोर्ले झरना पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ । प्राकृतिक सौन्दर्य, मनोरम दृश्य र सहज पहुँचका कारण दैनिक सयौँ पर्यटक झरना अवलोकन गर्न यहाँ आउन थालेका हुन् ।
