हुम्लामा पौडी खेल्ने क्रममा डुबेर दुई जना बेपत्ता
काठमाडौं । पौडी खेल्ने क्रममा कर्णाली नदीमा दुई जना बेपत्ता भएका छन् । हुम्लाको खार्पुनाथ गाउँपालिका-१ सुनाखाडास्थित कर्णाली नदीमा पौडी खेल्ने क्रममा आज दुईजना बालबालिका बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता युवराज ढकालले बताए ।
