बञ्चरेडाँडा फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल
काठमाडौं । नुवाकोट क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित डा विक्रम तिमिल्सिनाले बञ्चरेडाँडा फोहर व्यवस्थापनमा देखिएका समस्या, स्थानीयवासीका गुनासा तथा फोहर व्यवस्थापनका लागि भइरहेका कामबारे काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलसँग छलफल गरेका छन् ।
