SHARE
पर्दाफास · बिहीबार ४ भौ २०८३ १२:२४ PM · 1 मिनेट पढाइ

सिद्धार्थ बैंकद्वारा कर्पोरेट खाता अनलाइनमार्फत खोल्न सकिने सेवा सञ्चालनमा

सिद्धार्थ बैंक लिमिटेडले नेपालको बैकिङ्ग क्षेत्रमा पहिलोपटक व्यवसायिक तथा कर्पोरेट ग्राहकका लागि अनलाइनमार्फत खाता खोल्न सकिने नयाँ डिजिटल सेवा सञ्चालनमा ल्याएको छ । यस सेवामार्फत नेपालमा दर्ता भएका कम्पनी, फर्म, संस्था तथा अन्य व्यवसायिक ग्राहकहरूले अनलाइनबाटै खाता खोल्न सक्नेछन् ।