SHARE
मकालु खबर · बिहीबार ४ भौ २०८३ ११:५६ AM · 1 मिनेट पढाइ

तथ्य र प्रमाणको अभावमा भूमिसम्बन्धी धेरै उजुरीहरू अनिर्णितः प्रमुख आयुक्त राई

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भूमिसम्बन्धी पुराना मुद्दा र हदबन्दीका विवादहरू टुङ्ग्याउन सरकारले विशेष अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् । बिहीबार सिंहदरबारमा आयोजित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रमुख आयुक्त राईले तथ्य र प्रमाणको अभावमा भूमिसम्बन्धी धेरै उजुरीहरू लामो समयदेखि अनिर्णीत अवस्थामा रहेको बताए ।