SHARE
Samata Press · बिहीबार ४ भौ २०८३ ०४:४२ PM · 1 मिनेट पढाइ

अख्तियारको कामकारबाहीमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन : रास्वपा सभापति रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमाथि कुनै किसिमको राजनीतिक हस्तक्षेप नहुने स्पष्ट पारेका छन् ।   राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा 'अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कामकारबाहीका सम्बन्धमा पदाधिकारीसँगको छलफल' मा उनले बिना पूर्वाग्रह काम गरेर इतिहास रच्न आयोगका पदाधिकारीलाई सुझाव दिए।   सभापति लामिछानेले भ्रष्टाचारसम्बन्धी अनुसन्धान र अभियोजनलाई व्यवस्थित र वस्तुनिष्ठ बनाउन आग्रह गरे। 'कुनै पनि राष्ट्रसेवक र जनप्रतिनिधिलाई अदालतको ढोकामा टेकाउने बित्तिकै उसको पद निलम्बन हुन्छ, मुख्यसचिवसम्मको पद निलम्बन भएको छ, उहाँ सफाइ पाएर निस्कनुभएको छ । यसबाट उहाँको व्यक्तिगत, पारिवारिक र व्यावसायिक जीवनमा परेको असर तथा सामाजिक प्रतिष्ठामा गम्भीर क्षति पुगेको छ ।