SHARE
पर्दाफास · बिहीबार ४ भौ २०८३ १०:१९ AM · 1 मिनेट पढाइ

भारत–नेपाल सीमा सुरक्षा वार्ता: सीमा अपराधदेखि विवादसम्मका विषयमा छलफल

भारत र नेपालबीच सीमा व्यवस्थापन तथा सुरक्षा सम्बन्धी संयुक्त कार्यदलको चौधौँ बैठक बिहीबार देहरादुनमा सुरु भएको छ। दुई देशका गृह तथा परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी सहभागी दुईदिने बैठकमा खुला सीमाबाट उत्पन्न सुरक्षा चुनौती, सीमा व्यवस्थापन तथा द्विपक्षीय सम्बन्धसँग जोडिएका संवेदनशील विषयमा छलफल भइरहेको छ।