SHARE
पर्दाफास · बिहीबार ४ भौ २०८३ ०२:०२ AM · 1 मिनेट पढाइ

सार्वजनिक संस्थानका कर्मचारीलाई तलबभत्ता दिँदा अनिवार्य सर्तसहित उपलब्ध गराउनुपर्ने

अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको साउन १ गतेदेखि लागू हुने गरी बढाइएको तलबमान, ग्रेड र प्रोत्साहनभत्ता विभिन्न सर्तसहित उपलब्ध गराउन दिशानिर्देश गरेको छ। अर्थमन्त्रीस्तरीय निर्णयअनुसार चारवटा सर्त पूरा गरी सार्वजनिक संस्थान, प्राधिकरण, बोर्ड, निगम तथा समितिका कर्मचारीलाई तलबभत्ता, ग्रेड र प्रोत्साहनभत्ता उपलब्ध गराउन सम्बद्ध पक्षलाई निर्देशन दिइएको छ ।