कांग्रेस १५औँ महाधिवेशनः वडा अधिवेशन भदौ २४ देखि, केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ सम्म
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन भदौ २४ देखि सुरु हुने भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले आज एक विज्ञप्ति जारी गरी १५औँ महाधिवेशनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेका हुन् ।
