SHARE
मकालु खबर · मङगलबार २ भौ २०८३ ०२:२१ PM · 1 मिनेट पढाइ

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार सरकारको प्राथमिकतामा

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारलाई सरकारले प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । काठमाडौंका विभिन्न सामुदायिक विद्यालयको स्थलगत अवलोकन पछि मन्त्री पोखरेलले विद्यालयको वास्तविक अवस्था तथा सरोकारवालाबाट प्राप्त सुझावलाई शिक्षा सुधारका नीतिमा समेटिने बताए ।