SHARE
Samata Press · सोमबार १ भौ २०८३ ०७:४२ PM · 1 मिनेट पढाइ

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्च अदालतको आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न परमादेश जारी गरेको छ । उनकी पत्नी सरस्वती श्रेष्ठले सर्वोच्चमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सोमबार सुनुवाइ गर्दै सर्वोच्चले रिहा गर्न परमादेश जारी गरेको हो। सर्वोच्चले उनलाई हाजिरी जमानीमा छाडी वा तारिखमा राखेर अनुसन्धान गर्न भनेको छ।  न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले उनलाई रिहा गर्न आदेश दिएको हो ।