SHARE
कालिका खबर · सोमबार ३० भौ २०८२ ०८:१२ AM · 1 मिनेट पढाइ

गृहमन्त्रीको पहिलो निर्णय : राष्ट्रिय शोक मनाउने, मृतक परिवारलाई किरिया खर्च

काठमाडौं । अन्तरिम सरकारका नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले राष्ट्रिय शोक मनाउने निर्णय गरेका छन् । आज शपथपछि पदबहाली गर्दै उनले राष्ट्रिय शोक मनाउने र जेन जी आन्दोलनमा मारिएकाको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेका हुन् । यस्तै, मृतक परिवारलाई एक लाख/एक लाख रूपैयाँका दरले किरिया खर्च दिने निर्णय पनि उनले गरेका छन् । शवहरू व्यवस्थापनका लागि सरकारले निस्शुल्क सवारीसाधन उपलब्ध गराउने र विकट ठाउँमा हेलिकप्टर उपलब्ध गराउने उनले जानकारी दिए ।