SHARE
कालिका खबर · बिहीबार २६ भौ २०८२ ०८:१० AM · 1 मिनेट पढाइ

संविधानबाटै निकास खोजेर रवि लामिछानेलाई प्रधानमन्त्री बनाउनुपर्छ : पूर्व न्यायाधीश केसी

काठमाडौं : सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसीले संविधानबाटै निकास खोजेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रधानमन्त्री बनाइनुपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा  उनले संविधानको धारा ७६ (५) मा गएर लामिछानेलाई प्रधानमन्त्री बनाउन सकिने बताएका हुन् । लामिछानेलाई अहिले मुद्दा चलिरहेको सन्दर्भमा भने मुद्दा लाग्दैमा कोही मान्छे पनि दोषी नहुने उनको तर्क छ । पूर्व न्यायाधीश केसीले हालका कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली पनि ज्यान मारेर १५÷१६ वर्ष जेलमा बसेको स्मरण गराए । ‘सकभर त संविधानभित्रै रहेर गर्नुपर्छ । मैले देखेको संविधानको बाटो के हो भने धारा ७६ को उपधारा ५ मा जान सकिन्छ । रास्वपाका अहिले २० जना सांसद हुनुहुन्छ ।