SHARE
कालिका खबर · बिहीबार २६ भौ २०८२ ०८:३९ AM · 1 मिनेट पढाइ

संविधानबाट नै निकास खोजिनुपर्छ, एकता नै हाम्रो ठुलो शक्ति हो : नैनसिंह महर

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले वर्तमान राजनीति सङ्कटको समाधान संविधान सभाले निर्माण गरेको संविधान भित्रबाट खोजिनु पर्ने कांग्रेसको स्पष्ट अडान रहेको बताएका छन् । उनले देशमा व्याप्त भ्रष्टाचार र शोषणविरुद्ध सुरु भएको जेनजी आन्दोलनको मुख्य माग यसै संविधान भित्र रहेर पुरा गर्न सकिने कुरा बताएका हुन् । उनले यस विषम परिस्थितिमा सबैलाई संयमित र सुरक्षित रहँदै समाजमा अमनचयन कायम गर्ने कार्यमा क्रियाशील रहन अनुरोध गरेका छन् । जनचेतना जगाउने उद्देश्यले सुरु भएको आन्दोलनले गलत मोड लिँदा देशले ठुलो मूल्य चुकाउनुपरेको उनको भनाइ छ । ‘यस क्रममा दर्जनौँले ज्यान गुमाएका छन् भने खर्बौँको धनसम्पत्ति नष्ट भएको छ,’ महरले भने ।