SHARE
कालिका खबर · बिहीबार २६ भौ २०८२ ११:३६ AM · 1 मिनेट पढाइ

भारत भाग्दै गरेका ६ जना कैदी समातिए

बैतडी । डडेलधुरा कारागारबाट भागेका ६ कैदी बैतडीबाट समातिएका छन् । संयुक्त सुरक्षा टोलीले जिल्लाको पाटन नगरपालिका–१ सकारबाट उनीहरूलाई पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए । भारततर्फ भागिरहेका भन्ने सूचनाका आधारमा संयुक्त सुरक्षा टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा डोटी र अछाम घर भएका दुई/दुई र दार्चुला तथा बैतडी घर गएका एक÷एक जना रहेका छन् । उनीहरू कर्तव्य ज्यान मुद्दा, जबर्जस्ती करणी र चोरीसम्बन्धी मुद्दामा दोषी ठहर हुँदै जेल चलान भएका बताइएको छ । ‘जेनजी’को प्रदर्शनका कारण बुधबार बिहानै डडेलधुरा कारागार तोडफोड गरेर कैदी बन्दी फरार भएका थिए । पक्राउ परेका सबैलाई डडेलधुरा प्रहरीको जिम्मा लगाउने तयारी भइरहेको प्रजिअ पौडेलले बताए ।