SHARE
मकालु खबर · आइबार​ २४ साउन २०८३ ०१:११ AM · 1 मिनेट पढाइ

झापामा हात्तीपीडितलाई दुई करोड क्षतिपूर्ति

भद्रपुर । झापामा मानव–हात्ती द्वन्द्वका कारण एक वर्षमा करिब रु दुई करोडबराबरको क्षति भएको छ । डिभिजन वन कार्यालय झापाले आर्थिक वर्ष २०८२/८३ मा हात्तीपीडितलाई रु एक करोड ९९ लाख ९० हजार ६८६ राहत वितरण गरेको हो ।