महिलाको नेतृत्वमा दिगो चाडपर्व संस्कृतिको प्रवर्द्धन गर्ने ‘हरित उत्सव’ अभियान शुभारम्भ
काठमाडौं । महिलाको नेतृत्वमा दिगो चाडपर्व संस्कृतिको प्रवर्द्धन गर्ने ‘हरित उत्सव’ अभियान आजदेखि शुभारम्भ गरिएको छ । चाडपर्वलाई वातावरणमैत्री, दिगो र जिम्मेवार बनाउने उद्देश्यसहित ‘हरित उत्सवः परिवर्तनको नेतृत्व महिलाको हातमा’ अभियान आज ललितपुरको ऐतिहासिक पाटन दरबार क्षेत्रमा शुभारम्भ गरिएको हो ।
