SHARE
मकालु खबर · शनिबार २३ साउन २०८३ ०७:३१ AM · 1 मिनेट पढाइ

बागमती सफाइ अभियानको ६९१औँ हप्ताः आज चार मेट्रिकटन नकुहिने फोहर सङ्कलन

काठमाडौँ । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ आज पनि पशुपति क्षेत्रस्थित गुह्येश्वरी फाँटमा सफाइ गरी नकुहिने चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । बागमती सफाइ अभियानको ६९१औँ हप्तामा यस क्षेत्रमा सरसफाइ गरी चार मेट्रिकटन फोहर व्यवस्थापन गरिएको हो ।