दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमण, आठ जना घाइते
एजेन्सी । दक्षिणी लेबनानको टायर शहर नजिकै रहेको बुर्ज अल–शेमालीमा बिहीवार बिहान इजरायलले गरेको हवाई आक्रमणमा परी कम्तीमा आठ जना घाइते भएका छन् । लेबनानको सरकारी समाचार एजेन्सी (एनएनए) काअनुसार इजरायली ड्रोन र लडाकु विमानहरूले बुर्ज अल–शेमालीको अल–मलाअब टोललाई लक्षित गरी श्रृंखलावद्ध आक्रमण गरेका थिए ।
