सुरक्षा र क्षेत्रीय मामिलामा सहकार्य सुदृढ बनाउने टर्की र सिरियाको प्रतिवद्धता
एजेन्सी । टर्की र सिरियाले सुरक्षा तथा क्षेत्रीय मामिलामा द्विपक्षीय सहयोगलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । टर्कीका विदेशमन्त्री हाकान फिदान र सिरियाली विदेशमन्त्री असाद अल–शैबानीबीच बिहीवार अंकारामा भएको भेटवार्तामा यस्तो सहमति भएको हो ।
