SHARE
कालिका खबर · बुधबार १८ भौ २०८२ ०८:५४ AM · 1 मिनेट पढाइ

नेपाल इन्भेस्टमेण्ट मेगा बैंक र मेडिकल एसोसिएसनबीच ऐतिहासिक सम्झौता, चिकित्सकहरुलाई विशेष छुट

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड र नेपाल मेडिकल एसोसिएसन (NMA) बीच व्यावसायिक सम्झौता भएको छ। बैंकले नेपाल मेडिकल एसोसिएसनका सदस्यहरुलाई विभिन्न सेवाहरुमा विशेष छुट दिने उद्देश्यले यो सम्झौता गरेको हो। नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री ज्योति प्रकाश पाण्डे र मेडिकल एसोसिएसनका अध्यक्ष डा. अनिल बिक्रम कार्कीबाट यस सम्झौतामा हस्ताक्षर भएको छ।