SHARE
कालिका खबर · बुधबार १८ भौ २०८२ ११:३९ AM · 1 मिनेट पढाइ

एनआरटी एन्फा महिला लिगको छनोटनजिक

काठमाडौं, १८ भदौ । न्युरोड टिम (एनआरटी) एन्फा महिला लिगको छनोटनजिक पुगेको छ । च्यासल मैदानमा बुधबार सम्पन्न पाँचौं खेलमा बुटवल लुम्बिनी एफसीलाई २–० ले पराजित गरेको हो । एनआरटीको जितमा जुना तामाङ र प्रतीक्षा ठकुरीले गोल गरिन् । ६६औं मिनेटमा जुनाको गोलमार्फत एनआरटीले सुरुआती अग्रता लिएको थियो । ८४औं मिनेटमा प्रतीक्षाले अर्को गोल थप्दै जित पक्का गर्दिइन् । योसँगै समूह ‘बी’ मा रहेको एनआरटीले ५ खेलबाट १२ अंक पु¥याएको छ । यो समूहमा १५ अंकसहित शीर्ष स्थानमा रहेको संकटा फुटबल क्लबले भने यसअघि नै महिला लिगमा स्थान बनाइसकेको छ ।