SHARE
अन्नपूर्ण · मङगलबार १२ साउन २०८३ ११:०१ PM · 1 मिनेट पढाइ

देवानगन्जको तनाव नियन्त्रणमा, २० भन्दा बढी घर तथा पसलमा क्षतिको अनुमान

विराटनगर : सुनसरीको देवानगन्ज गाउँपालिका-३ स्थित देवानगन्ज बजारमा मंगलबार साँझ भएको हुलदंगा र दोहोरो झडप नियन्त्रणमा आएको छ । करिब अढाई घण्टासम्म दुई पक्षबीच भएको झडपपछि राति ९:३० बजेबाट अवस्था सामान्य बन्दै गएको प्रहरीले जनाएको छ।घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी सुवास हमालका अनुसार अहिले देवानगन्ज क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। झडपका क्रममा एकअर्कामाथि आक्रमण, तोडफोड र आगजनी भएको तथा क्षतिको विवरण संकलन अहिले सम्भव नभएको उनले जानकारी दिए।