जलेश्वरमा हिन्दुवादीको प्रदर्शन
महोत्तरी : महोत्तरीको सदरमुकाम जलेश्वरमा विभिन्न हिन्दुवादी संघ–संगठनहरूले आज टायर बालेर प्रदर्शन गरेका छन्। मंगलबार दिउँसो प्रदर्शनकारीहरूले सुनसरीमा भएको घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कडा कारबाही र गृहमन्त्री सुधन गुरुङको तत्काल राजीनामा माग गर्दै प्रदर्शन गरेका हुन्।जलेश्वर बजार क्षेत्रमा भेला भएका प्रदर्शनकारीहरूले टायर बालेर सरकारविरुद्ध नाराबाजी गरेका थिए।
