SHARE
कालिका खबर · सोमबार १६ भौ २०८२ ०५:१३ PM · 1 मिनेट पढाइ

दरबार मार्गमा सांगीतिक माहोल: चौथो एनिभर्सरीमा सबैलाई दरबार लन्चको निमन्त्रणा

काठमाडौं। दरबार मार्गस्थित ‘दरबार लन्च’ले आफ्नो चौथो वार्षिकोत्सवको अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। आगामी भदौ १८ गते बुधबार हुने उक्त कार्यक्रममा लोकप्रिय गायक रोज मोक्तानले दर्जनौँ चर्चित गीत प्रस्तुत गर्नेछन्। ‘कलकत्ते काईयो’, ‘हेलम्बुको बजारमा’, ‘झमझम ईष्टाकोट’, ‘हिउँ पर्‍यो फुरुरु’, ‘रातो रातो गाला’, ‘झिम्काईदेउ परेलि’, ‘नक्कलि कान्छिको सक्कलिमन’, ‘आँखाको रमझम खल्तिमा छाम’, ‘भमरा भुल्यो यानि’, ‘माया रोशि खोला दुम्जामा दोभान’ लगायतका गीतका गायक मोक्तानको प्रस्तुति वार्षिकोत्सवको मुख्य आकर्षण रहने आयोजकले जनाएको छ। कार्यक्रमको सञ्चालन चर्चित होस्ट भीजे सुशील नेपालले गर्नेछन्।