ट्रिप टर्बोद्वारा ट्राभल मेला २०२५ सुरु, यात्रुहरूलाई रोमाञ्चक अफर र गिभअवे
काठमाडौं । नेपालको सबैभन्दा ठूलो ट्राभल मार्केटप्लेस ट्रिप टर्बोले देशकै सबैभन्दा ठूलो अनलाइन ट्राभल महोत्सवको दोस्रो संस्करण ‘ट्राभल मेला २०२५’ सुरु गरेको घोषणा गरेको छ। महोत्सव आगामी सेप्टेम्बरदेखि अक्टोबर २०२५ सम्म सञ्चालन हुने छ। यो डिजिटल–फस्र्ट महोत्सवमा आकर्षक ट्राभल अफर, साप्ताहिक फ्ल्यास सेल र रोमाञ्चक गिभअवे समावेश गरिएको छ। सहभागीहरूमध्ये एक भाग्यशाली विजेताले बैंककको राउन्डट्रिप फ्लाईट जित्ने अवसर पाउनेछन्। “ट्राभल मेला २०२५ मार्फत हाम्रो उद्देश्य ट्राभल सबैका लागि सजिलो, रोमाञ्चक र फलदायी बनाउनु हो,” ट्रिप टर्बोका संस्थापक शिखर प्रसाईले बताए।
