हुन्डाई क्रेटाले नेपालमा मनायो १०औं वार्षिकोत्सव
काठमाडौं । नेपालमा हुन्डाई गाडीहरूको एक मात्र आधिकारिक वितरक, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले सेप्टेम्बर २०२५ मा हुन्डाई क्रेटाको १० औं वार्षिकोत्सव विशेष कार्यक्रमका साथ मनाएको छ। नेपालमा सार्वजनिक भएको पहिलो दिनदेखि नै क्रेटा आफ्नो आधुनिक डिजाइन, आरामदायी अनुभव, उच्च सुरक्षा र भरपर्दो गुणस्तरका कारण सबैभन्दा रुचाइने तथा विश्वासिलो एसयूभीको रूपमा स्थापित भएको छ। गत दशकमा क्रेटाले नेपाली बजारको कम्प्याक्ट एसयूभी सेगमेन्टमा छुट्टै पहिचान बनाउन सफल भएको छ। यस अवधिमा यसको विभिन्न मोडल र अपग्रेडहरू सार्वजनिक भएका छन्, जसले प्रत्येक पटक डिजाइन र पर्फमेन्समा नयाँ स्तर कायम गरेको छ।
