SHARE
कालिका खबर · सोमबार १६ भौ २०८२ ०५:३९ PM · 1 मिनेट पढाइ

सिटी एक्सप्रेस मनि ट्रान्सफरले सुरु गर्यो “यो दशैं–तिहारमा सिटी एक्सप्रेसको साथ, हरेक हप्ता १ लाख” उपहार योजना

काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफरले समस्त नेपालीहरूको महान चाड दशैं, तिहार र छठलाई लक्षित गर्दै आफ्ना ग्राहकहरूसँग पर्वको खुशी साट्न “यो दशैं–तिहारमा सिटी एक्सप्रेसको साथ, हरेक हप्ता १ लाख” उपहार योजना घोषणा गरेको छ। यो योजना लगातार ९ हप्ता चल्नेछ। उक्त कार्यक्रममा चर्चित हास्य कलाकार तथा सिटी एक्सप्रेसका ब्राण्ड एम्बासडर जितु नेपालको पनि उपस्थिती रहेको थियो। यस उपहार योजनाअन्तर्गत हरेक हप्ता लकी ड्र मार्फत एक जनालाई रु १ लाख र प्रत्येक दिन सबै ग्राहकलाई सिटी पे मार्फत क्यासब्याक प्रदान गरिनेछ। कम्पनीका अनुसार यो अफर भाद्र १६ देखि कार्तिक १५ सम्म लागू हुनेछ।