नबिल बैंक र निम्बजबीच सम्झौता: एनबैंक एपमार्फत डाटा ई–सिम र अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट सेवा उपलब्ध
काठमाडौं । नबिल बैंक लिमिटेड र निम्बजबीच डाटा ई–सिम र अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट सेवाका लागि समझदारीपत्र (MoU)मा हस्ताक्षर भएको छ। यस सम्झौतासँगै नबिल बैंकका ग्राहकले एनबैंक मोबाइल एपमार्फत विभिन्न मुलुकका लागि डाटा ई–सिम र अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट सेवा लिन सक्ने भएका छन्। बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत आदर्श बाजगाईँ र निम्बजका निर्देशक ऋषभ तिमिल्सिनाले कार्यक्रमकाबीच सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए। सम्झौताअनुसार बैंकका ग्राहकहरूले चीन, भारत, अमेरिका, अष्ट्रेलिया, दुबई, थाइल्यान्ड, कतार, जापान, कोरिया, इटाली, फ्रान्स, क्यानाडा लगायत २०० भन्दा बढी देश र क्षेत्रका लागि डाटा ई–सिम खरिद गर्न सक्नेछन्।
