रोयल नेपाल रोधी क्लबले मनाउँदै पहिलो वार्षिकोत्सव, पाँच दिने भव्य कार्यक्रम
काठमाडौं । नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उद्देश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लबले आफ्नो प्रथम वार्षिकोत्सव भव्य रूपमा मनाउँदैछ। लाजिम्पाटस्थित क्लबले भदौ १८ देखि २२ गतेसम्म पाँच दिने विशेष कार्यक्रम आयोजना गर्दै उत्सवको माहोल सिर्जना गर्ने तयारी गरेको छ। क्लबका प्रबन्ध निर्देशक सुनिल छेवाङ लामाले भने, “नेपालकै पहिलो विलासी दोहोरी रेष्टुरेन्टका रूपमा परिचित यस क्लबले एक वर्षमा सांगीतिक कार्यक्रम, स्वादिष्ट भोजन, प्रिमियम बार र उच्चस्तरीय सेवाबाट पाहुनाको मन जित्दै आएको छ।
