SHARE
Kalo Pati · सोमबार ११ साउन २०८३ ०४:१८ AM · 1 मिनेट पढाइ

भारतबाट बिजुली आयात शून्य, आन्तरिक उत्पादनले धान्दै विद्युत माग

काठमाडौं । देशको विद्युत् प्रणालीले आन्तरिक उत्पादनबाटै माग धान्दै अतिरिक्त ऊर्जा भारततर्फ निर्यात गरिरहेको छ । नेपाल प्राधिकरणका अनुसार हाल साँझको सर्वाधिक माग (पिक आवर) ३ हजार २४८ मेगावाट पुगेको छ भने दैनिक कुल ऊर्जा माग ७३ हजार ६२९ मेगावाट घण्टा रहेको छ ।