SHARE
Kalo Pati · सोमबार ११ साउन २०८३ ०४:३० AM · 1 मिनेट पढाइ

सात दिनभित्र हाजिर नभए ११ प्रहरीको जागिर जाने

काठमाडौँ । नेपाल प्रहरीका ११ जना कर्मचारी लामो समयदेखि सम्पर्कविहीन भएका छन्। आफूखुसी ड्युटीमा गैरहाजिर रहेका उनीहरूलाई प्रहरी प्रधान कार्यालय, नक्सालले सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। सोमबार सूचना जारी गर्दै कार्यालयले बाटोको म्यादबाहेक सात दिनभित्र सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन निर्देशन दिएको हो।